नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका कार्यवाहक अध्यक्ष थापाको निधन

नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका कार्यवाहक अध्यक्ष थापाको निधन

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका कार्यवाहक अध्यक्ष रामेश्वरविक्रम थापाको मङ्गलबार निधन भएको छ । थापाको असामयिक निधनमा सङ्गठनका महासचिव व्यापक नेपालीले शोक वक्तव्य जारी गरी हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।

नेपालीद्वारा मङ्गलबार जारी वक्तव्यमा भनिएको छ, ‘यस सङ्गठनका कार्यवाहक अध्यक्ष रामेश्वरविक्रम थापाको मिति २०७७/०८/३० मा भएको असामयिक निधनले हामीलाई मर्माहत बनाएको छ । यो दुःखद् अवस्थामा उहाँका श्रीमती, छोरासहित परिवारजन र बौद्धिक समुदायमा समवेदना व्यक्त गर्दछौँ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘थापाले आफ्नो जीवनभर श्रमजीवी वर्गको राजनीतिक हकअधिकारका लागि विभिन्न मोर्चाबाट गर्नुभएको अमूल्य योगदानको स्मरण गर्दै उहाँले उठान गर्नुभएको सङ्घर्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’ वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :