विश्वभर ५ करोड ८ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

विश्वभर ५ करोड ८ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ५४ हजार ७९७ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ५ करोड ८ लाख ५९ हजार ४३८ पुगेको हो । यो कुल सङ्क्रमितको ६९ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख ३७ हजार ३६१ जनामा सङ्क्रमण भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७ करोड २६ लाख ३८ हजार नाघेको छ ।

त्यसैगरी सोमबार बिहानसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या १६ लाख १८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ७ हजार ५८२ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या १६ लाख १८ हजार ७५० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड १ लाख ६० हजार ७७६ पुगेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार उपचार गराइरहेकामध्ये १ लाख ६ हजार १८६ जनाको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ३७ लाख ५० हजार नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाखभन्दा बढी सङ्क्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :