नेकपा नवलपुरद्वारा नगर स्तरीय आधारभूत स्कूलिङ कार्यक्रम

नेकपा नवलपुरद्वारा नगर स्तरीय आधारभूत स्कूलिङ कार्यक्रम

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले गाउँ नगर स्तरीय आधारभूत स्कूलिङ कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको सुदूर गाउँमा जनताको घरमा गरिएको स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज धु्रवले कार्यकर्ताको वैचारिक क्षमता अभिवृद्धि र कार्यकर्तालाई क्रान्तिप्रति समर्पित गर्न प्रेरित गर्नका लागि स्कूलिङको आयोजना गरिएको बताए ।

इन्चार्ज धु्रवले, महान् जनयुद्धको बाँकी कार्यभार पुरा गर्न एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशासहित पार्टीले वैज्ञानिक समाजवादको पक्षमा संघर्ष गरिरहेको भन्दै त्यसका लागि राजनीतिक वैचारिक बिषयलाई जनतासम्म पुर्याउन जरुरी रहेको बताए ।

नेकपा लुम्बिनी ब्युरो स्कूलिङ विभागका प्रमुख सुमन नेपालीले दक्षिणपन्थी संशोधनवाद, विसर्जनवाद र अकर्मण्यतावादको जगमा उभिएको पुरानो स्कुललाई भङ्ग गरी पार्टीले नयाँ कम्युनिस्ट स्कूलको स्थापना गरेको भन्दै स्कूलमा नयाँ पार्टी सदस्यलाई भर्ना गरेर मालेमावादका आधारभूत शिक्षा दिन जरुरी रहेको बताए । सोही कार्यक्रममा नवलपुर जिल्ला सेक्रेटरी शितल, युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अविनाश, नेकपा जिल्ला सदस्य विशाललगायतले स्कुलिङको महत्वका बारेमा प्रष्ट पारेका थिए ।

स्कूलमा मालेमावादका तीन संघटक अंग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सौन्दर्यशास्त्रलगायतका बिषयमा प्रशिक्षण गरिएको नेकपा नवलपुरले बताएको छ । स्कुलिङ कार्यक्रममा गाउँ र नगरका करिब २ दर्जन नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताइएको छ । स्कुलिङमा सहभागिता प्रशिक्षार्थीहरुले प्रशिक्षणमा मालेमावाद र एकीकृत जनक्रान्तिबारे लिइएको ज्ञान कम्युनिस्ट पार्टी निर्माण गर्न र क्रान्ति सम्पन्न गर्नका लागि महत्वपूर्ण पाठशाला भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :