नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलद्वारा क्षेत्रीय समिति विस्तार

नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलद्वारा क्षेत्रीय समिति विस्तार

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले लिस्बनमा संगठनको क्षेत्रीय समिति विस्तार गरेको छ । मोर्चाले यही १३ डिसेम्बर २०२० आइतबारका दिन भर्चुअल सम्मेलनबाट पोर्तुगलको राजधानी लिस्बनमा १६ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमुख आतिथ्यता र पोर्तुगल मोर्चाका अध्यक्ष पूर्ण बिकको सभापतित्वमा सम्पन्न भएको सम्मेलनले प्रकाश बस्याललाई क्षेत्रीय समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

पोर्तुगल मोर्चाले आयोजना गरेको भर्चुअल सम्मेलनमा विभिन्न देशका सांगठनिक नेतृत्व, प्रतिनिधि तथा सदस्यहरुको भब्य उपस्थिति रहेको थियो । सम्मेलनमा नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम, जर्मनी, स्पेन, साउदी अरब, युएई, बहराइन, कतार, मलेशियाका पदाधिकारीहरुले आफ्नो मन्तब्य राखेका थिए । मन्तब्य राख्ने क्रममा बेल्जियमका अध्यक्ष मेख गुरुङ, जर्मनीका सल्लाहकार भक्त श्रेष्ठ, स्पेनका संयोजक इश्वर शर्मा, साउदी अरबका महासचिव टिकाराम ओली, युएईका उपाध्यक्ष कमलप्रसाद पोख्रेल, बहराइनका अध्यक्ष भिम केरुङ, कतार मोर्चाका जयकिशोर पोद्दार, मलेशियाका सचिव खगेन्द्र भट्टराई र नेपाली जनजाति सरोकार मञ्च, बेल्जियमका अध्यक्ष बदन योङहाङ्गले पोर्तुगलमा जुझारु र सशक्त संगठन निर्माण गर्दै प्रवासमा रहेका नेपालीको समस्याहरुमा हल गर्नको लागि संघर्षशील रहन नयाँ कार्यसमितिलाई शुभ–कामना दिएका थिए । अमेरिका मोर्चाका संयोजक विश्वबहादुर शाहले जुझारु कार्यसमिति निर्माण र सम्मेलनको भब्य सफलताको शुभ–कामना सन्देश पठाएका थिए ।

प्रमुख अतिथि बिष्णु भुजेलले हामी नेपालीहरु विश्वका बिभिन्न देशहरुमा पुगेका छौं र त्यहा पनि नेपालीहरुलाई नेपालीबाटै, अन्य संघसंस्था र ब्यक्तिहरुले उत्पिडन गरेका छन् । उक्त उत्पिडनको बिरुद्ध संघर्ष गर्दै विदेशिनुको मुख्य कारण नेपालको राज्यसत्ता नै भएकाले दलाल, संसदीय पुँजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाको लागि नेपाली जनताको आन्दोलनमा ऐक्यबद्धता जनाउने कुरा प्रष्ट परेका थिए ।

मोर्चाको उक्त सम्मेलनमा नवगठित समितिका संयोजक प्रकाश बस्यालले संगठनका तर्फबाट प्रतिबद्धता जाहेर गरेका थिए भने यूरोप मोर्चाका महासचिव सुवर्ण बाबु सापकोटाले बधाई मन्तब्य दिएका थिए । उक्त सम्मेलनको सञ्चालन पोर्तुगल मोर्चाका महासचिव प्रदिप अधिकारीले गरेका थिए ।

नेपाली जनप्रगतिशील मोर्चा, लिस्बन क्षेत्रीय समिति

सल्लाहकार इन्द्रमोहन ढकाल, संयोजक प्रकाश बस्याल, सदस्यहरु : सुनिल वस्ती, आरके चौधरी, पशुपति पाण्डे, दिपक उपाध्याय, सन्तोष रेग्मी, प्रकाश अधिकारी, प्रविण बस्याल, रुपनारायण चौधरी, अभिषेक न्यौपाने, सुनिलजंग मल्ल ठकुरी, धर्मबहादुर कुँवर क्षेत्री, राजेन्द्र लिम्बु, सौगात बिष्ट र प्रदीप अधिकारी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :