मेस्सीको गोलमा बार्सिलोना विजयी, लेभान्टे पराजित

मेस्सीको गोलमा बार्सिलोना विजयी, लेभान्टे पराजित

एजेन्सी : लियोनल मेस्सीको गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हासिल गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

खेलको ७६औँ मिनेटमा मेस्सीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो । जितपछि ११ खेलमा १७ अंकसहित बार्सिलोना ८औँ स्थानमा उक्लिएको छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :