जनगणतन्त्र कोरियाका महान् राजनीतिज्ञ किम जोङ इलको आठौँ स्मृति दिवस

काठमाडौँ : प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राष्ट्रिय रक्षा आयोगका महान् राजनीतिज्ञ किम जोङ इललाई पुनः स्मरण गरिरहेका छौँ । किम जोङ इलको मृत्यु भएको आठ वर्ष बितिसकेको छ । एउटा प्रचलित भनाइ मेमोरी (स्मृतिहरू) समयसँगै अन्धकार हुँदै जान्छन् । यद्यपि अझै पनि आफ्नो महान् नेतालाई मायालु र आशावादी बच्चाका रूपमा, उहाँ कोमल हृदय र हँसमुख रहेको कोरियाली जनता अहिले पनि सम्झिने गर्दछन् । उहाँ आफ्ना साथीहरू र अन्य व्यक्तिहरूसँग घुलमिल हुन खुब मन पराउनुहुन्थ्यो । उहाँ समझदार र सहानुभूतिशील हुनुहुन्थ्यो । उहाँ एक जोसिला र हँसमुख मूड प्रबल भएको व्यक्तित्व रहेको भन्दै उहाँका साथीहरूले उहाँको खुला हृदयले प्रशंसा गर्थे ।

स्कुलका दिनमा उहाँले राम्रा कविता र गीतहरू सिर्जना गर्नुभएको थियो । हाम्रो कक्षाकोठा, साथी के हो, सर्वश्रेष्ठ शुभकामनाको गीत र मेरी आमाजस्ता गीतहरू सिर्जना गर्नुभएको थियो । उहाँसँग सङ्गीतका लागि फ्लेयर पनि थियो । नेताकिम जोङ इलले एकचोटि उहाँकोे पहिलो प्रेम सङ्गीत भएको बताउनुभएको थियो । आफ्नो गहन सङ्गीत–ज्ञानबाट उहाँले साहित्य र कलाका क्षेत्रमा अगुवाइ गर्नुभएको थियो जसले सन् १९७० को दशकदेखि अपेरा, नाटक, सिनेमा र सङ्गीतमा क्रान्ति ल्यायो । सिनेमा निर्माणमा उहाँको विशेषज्ञ स्तरको मार्गनिर्देशनका लागि चिनियाँ पत्रिकाले अध्यक्ष किम जोङ इल सिनेमामा निपुण छन् भन्दै टिप्पणी गरेका थिए ।

कोरियाको वर्कर्स पार्टीको केन्द्रीय समितिमा काम गर्ने क्रममा उहाँले सिनेमालाई कलाको विकासमा ठूलो सेवा प्रदान गर्नुभएको थियो । ऊर्जावान् किम जोङ इलको आफ्ना स्कुलका सुरुआती दिनहरूमा किम जोङ इलको स्वाभाविक गति द्रुत गतिमा र स्थिरताबिना प्रगति गर्न मात्र हुन्छ भन्दै पुरानो शिक्षकले टिप्पणी गरेका थिए । किम जोङ इल आफूले सम्पन्न गरेका सबै कुरामा स्थिर रहन्छ जबसम्म यो पूरा हुँदैन । कुनै पनि काम गरिसकेपछि उसले आफूवरपर के भइरहेको छ सम्झना नगरी यसमा ध्यान केन्द्रित गथ्र्यो– किम जोङ इलका पुराना शिक्षकले टिप्पणी गरे । एक दिन किम जोङ इल पुस्तक पढ्नमा यत्ति डुब्नुभएको थियो, उहाँलाई घरको बाहिर गर्जनका बारेमा केही थाहा थिएन । उहाँको व्यापक ज्ञान प्राकृतिक उपहार र अथक जोशको प्रतिफल थियो । उहाँले राष्ट्रपति किम इल सुङका क्रान्तिकारी सिद्धान्तहरू निर्माण गर्न पुस्तकहरूको पहाड पढ्नुभयो । दिनको व्यस्त कामको तालिका हुँदाहुँदै उहाँ साहित्यिक र कलात्मक रचनाहरूको निर्माणका लागि निर्देशन दिन रात बिताउनुहुन्थ्यो ।

यस अभियानमा सबै शक्तिहरूलाई समावेश गर्ने र अघि बढ्ने परियोजनाहरू छिटोभन्दा छिटो बनाउने सिर्जनात्मक प्रयासको आधारभूत मोडपछि उहाँको अभियानले गति प्राप्त गर्यो । काम गर्ने शैलीमा किम जोङ इलको रचनात्मक विधिको मूर्त स्वरूपका रूपमा, यो जनगणतन्त्र कोरियामा समाजवादी निर्माणको सक्रिय पदोन्नतिका लागि एक शक्तिशाली सवारी शक्ति बन्यो । करुणामयी र सद्गुणका धनी अध्यक्ष किम जोङ इल नैतिक दायित्वको कडा भावनायुक्त हुनुहुन्थ्यो । उहाँको बाल्यकालको एक साथीका अनुसार महान् नेता इलसँग आकर्षक व्यक्तिहरूको एकैचोटि अप्ठ्यारो थियो । यो उहाँको निःस्वार्थ स्नेह र उच्च व्यक्तित्वमा आधारित थियो । उहाँ सधैँ इमानदारीका साथ आफ्ना साथीहरूलाई मद्दत गर्नुहुन्थ्यो । विशेषगरी जब उहाँका साथीहरूका परिवारका सदस्यहरूलाई समस्या परेको थियो, उहाँको न्यानो स्नेहका बारेमा धेरै एपिसोडहरू छन् । एक वर्षको दिनमा उहाँको एउटा रेनकोट एक साथीलाई दिन र युद्धको पछिका दिनहरूमा अर्को नयाँ प्याकेड कपडा अर्कोलाई दिनुभएको थियो ।

दसकौँसम्म उहाँले आफ्नो माध्यमिक स्कुल र विश्वविद्यालयका दिनमा आफ्ना पुराना शिक्षकहरूका लागि चासो देखाउनुभएको थियो । जब उहाँलाई निष्ठाको साथ र समर्थन गर्ने अधिकारीहरू बित्नुभयो, उहाँले शोकसन्तप्त परिवारहरूको पैतृक हेरचाह गर्नुभएको थियो । तसर्थ कोरियाली समाजलाई किन ठूलो सामञ्जस्य परिवार भनिन्छ भनेर सोच्नु आवश्यक छ ।

(जनगणतन्त्र कोरिया सरकारबाट नेपाल–कोरिया लेखक–पत्रकार मञ्चका लागि प्राप्त अङ्ग्रेजी भाषाको यो लेख मञ्चका सचिव करणसिं बडालले अनुवाद गरेका हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :