नेपालमा आज १,५०० जना कोरोना सङ्क्रमित निको भए, ९ जनाको मृत्यु

नेपालमा आज १,५०० जना कोरोना सङ्क्रमित निको भए, ९ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५०० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । यो कुल संक्रमितको ९४ दशमलब ९ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ३३० महिला र ५०० पुरुष गरी जम्मा ८३० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा भक्तपुर २५, ललितपुर ६५ र काठमाडौँ २५८ जना गरी जम्मा काठमाडौँ उपत्यकामा ३४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार १८१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ६९८ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ९९४ रहेको छ । त्यसमा आई.सी.यु.मा २९४ जना र भेन्टिलेटरमा ५२ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ४ हजार ७६२ जना, होम आइसोलेसनमा ६ हजार २३२ जना र क्वारेन्टाइनमा ५१६ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :