जगेन्द्रको उपचारको जिम्मा राज्यले लिनुपर्छ : नेकपा

जगेन्द्रको उपचारको जिम्मा राज्यले लिनुपर्छ : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले आफ्नो पार्टीका जिल्ला सदस्य जगेन्द्र पुन ‘जगत’ लाई प्रहरी प्रशासनले जानाजान मृत्युको मुखमा पुर्याएको भन्दै उँहाको जीवनरक्षाको माग गरेको छ ।

सो पार्टीका म्याग्दी जिल्ला इन्चार्ज दिपा र सेक्रेटरी रामराजा सिंहले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका जगेन्द्रको उपचारमा राज्यले लापरबाही गरेको, नागरिकको स्वास्थ्य उपचार र बाँच्न पाउने अधिकारको हनन गरेको भन्दै सरकारको अमानवीय कार्यको घोर भत्र्सना गरेका छन् ।

साथै विज्ञप्तिमा दुई महिना पहिले मात्र श्रीमती गुमाएका जगेन्द्रलाई दुःखको क्षणमा पनि प्रहरीले आस्थाको आधारमा गिरफ्तार गरी उपचार नगरी मृत्युको मुखमा पुर्याएको भन्दै नेकपाले यसको उपचार राज्यले लिनुपर्ने कुरा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :