कोरोना प्रकोप : अमेरिकामा नयाँ रेकर्ड

कोरोना प्रकोप : अमेरिकामा नयाँ रेकर्ड

काठमाडौँ : कोरोना भाइरस महामारीले सबैभन्दा प्रभावित देश अमेरिकामा एकपछि अर्को नयाँ–नयाँ रेकर्ड कायम हुने गरेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २५ हजार ४४१ जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना भाइरस सम्बन्धी अर्को नयाँ रेकर्ड कायम भएको छ । अमेरिकामा एकैदिन थपिएका सङ्क्रमितको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । यसअघि मङ्सिर २० मा २ लाख २४ हजार २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा सङ्क्रमण देखिएको अमेरिकामा पछिल्ला दिनमा लगातार सङ्क्रमितको सङ्ख्या २ लाखभन्दा बढी देखिएको छ ।

पछिल्लो नयाँ रेकर्ड कायम भएसँगै अमेरिकामा सङ्क्रमितको सङ्ख्या १ करोड ५८ लाख २० हजार ४२ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ९२ लाख २६ हजार ४११ जना सङ्क्रमणमुक्त भएका छन् । अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या २ लाख ९६ हजार ६९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :