गिरफ्तार गरिएका किराँती र कार्कीलाई रिहा गर : अखिल (क्रान्तिकारी)

गिरफ्तार गरिएका किराँती र कार्कीलाई रिहा गर : अखिल (क्रान्तिकारी)

काठमाडौँ : अखिल (क्रान्तिकारी)को सगरमाथा ब्युरोले प्रहरीद्धारा गिरफ्तार गरिएका आफ्नो संगठनका भोजपुर जिल्ला अध्यक्ष विकास किराँती र सचिव यमराज कार्कीलाई रिहा गर्न आग्रह गरेको छ ।

संगठनका सगरमाथा ब्युरो प्रमुख दर्शन नेपालीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ८ गते गिरफ्तार गरेर अहिलेसम्म बेपत्ता पारेको र उनीहरुलाई चरम शारीरिक तथा मानसिक यातना दिएको भन्दै उक्त कार्यको भत्र्सना गरेका छन् ।

साथै विज्ञप्तिमा घरमा बसेर खाना खाइरहेका ब्यक्तिलाई गिरफ्तार गरेर झोलामा विस्फोटक पर्दाथ तथा हात हतियार राखेर मुद्दा लगाएको भन्दै यस्तो खालको हर्कत बन्द गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :