कोरोनाबाट १५ लाख ७४ हजार ७०४ जनाको ज्यान गयो, ६ करोड ९२ लाख ५ हजार ७२१ सङ्क्रमित

कोरोनाबाट १५ लाख ७४ हजार ७०४ जनाको ज्यान गयो, ६ करोड ९२ लाख ५ हजार ७२१ सङ्क्रमित

काठमाडौँ : विश्वमा बिहीबार बिहानसम्म कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख ७४ हजार ७०४ पुगेको छ । गत २४ घन्टामा १२ हजार १४२ जना सङ्क्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्राप्त समाचारअनुसार गत २४ घन्टामा ६ लाख ३५ हजार १०८ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ करोड ९२ लाख ५ हजार ७२१ पुगेको छ । १ करोड ९६ लाख ८३ हजार ५६३ सक्रिय सङ्क्रमितमध्ये १ लाख ६ हजार २२१ जना गम्भीर बिरामी रहेको पनि जनाइएको छ ।

विश्वमा अहिलेसम्म ४ करोड ७९ लाख ४६ हजार ४५४ जना सङ्क्रमणमुक्त भएका छन् । सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा सङ्क्रमित सङ्ख्या १ करोड ५८ लाख १४ हजार ८७२ पुगेको छ । अहिलेसम्म त्यहाँ २ लाख ९६ हजार ६२० ले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :