कालीकोटमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

कालीकोटमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेकपा कालीकोटको एरिया नं १ मा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एरिया इन्चार्ज कमल बटालाको अध्यक्षता, जिल्ला इन्चार्ज विराटको प्रमुख आतिथ्य, ब्युरो सदस्य बलवान, जिल्ला सेक्रेटरी रणदीप, जनसरकार प्रमुख अर्जुन, सचिवालय सदस्य, राधिकालगायत नेता–कार्यकर्ताको उपस्थितिमा प्रशिक्षण सम्पन्न भएको जनाइएको छ ।

प्रशिक्षण रुप्सा कुमालगाउँ, कोडबाडा, लालु र माल्कोटका पार्टी सदस्यहरुको सहभागितामा सम्पन्न भएको हो । प्रशिक्षणमा प्रमुख अतिथि विराटले दलाल संसदीय व्यवस्थाको विकल्प राजतन्त्र, काङ्ग्रेसतन्त्र नभएर वैज्ञानिक समाजवाद रहेको ठोकुवा गरे । मालेमावादका असली रक्षक मात्र नभएर विकासको संवाहक पनि नेकपा नै रहेको प्रस्ट पार्दै उनले क्रान्तिमा हुने दमनको प्रतिरोधका लागि तयार रहन निर्देशनसमेत दिए ।

जिल्ला सेक्रेटरी रणदीपले जिल्लाको बैठकका योजना सम्पेषण गर्नुका साथै सुदृढ पार्टी निर्माण गर्ने दायित्व बहन गर्ने बेला आएको धारणा राखे ।

ब्युरो सदस्य बलवानले कालीकोटको पार्टीले एकीकृत जनक्रान्तिले सुम्पेको अभिभारा पूरा गरेको र त्यो भूमिका निरन्तर निर्वाह गरिरहनेमा आफू विस्वस्त रहेको बताए । प्रशिक्षणमा २५० जना कार्यकर्ताको सहभागिता रहेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :