विश्वमा कोरोनाबाट १५ लाख ६२ हजार २५ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ६ करोड ८५ लाख ४४ हजार ७४

विश्वमा कोरोनाबाट १५ लाख ६२ हजार २५ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ६ करोड ८५ लाख ४४ हजार ७४

काठमाडौँ : विश्वमा कोरोनाबाट १५ लाख ६२ हजार २५ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमणदरमा कुनै कमी आएको छैन । बितेको २४ घन्टामा थप ५ लाख ७८ हजार ६९३ जनामा नयाँ सङ्क्रमण देखिएको छ ।

बुधबारसम्म विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ । त्यस्तै बितेको २४ घन्टामा ११ हजार ६४१ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।

आजसम्म १ करोड ९५ लाख ३६ हजार ९५ जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरूमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ । ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा सङ्क्रमितको सङ्ख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म त्यहाँ २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :