न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज अधिकांश भूभागको मौसममा सामान्य बदली

न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज अधिकांश भूभागको मौसममा सामान्य बदली

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अरबियन सागरको दक्षिणपूर्वी भूभागमा र दक्षिणपूर्वी बङ्गालमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको छ । महाशाखाले अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नं २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ : दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । साथै सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घन्टाका लागि यसकिसिमको चेतावनी तथा परामर्श दिएको छ : प्रदेश नं १ का पहाडी भूभागका १–२ स्थानमा हल्का र फाटफुट वर्षाको सम्भावना हुनुका साथै देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुका साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी आई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :