अमेरिकामा १ करोड ५३ लाख ६९ हजार कोरोना सङ्क्रमित, २ लाख ९० हजारको मृत्यु

अमेरिकामा १ करोड ५३ लाख ६९ हजार कोरोना सङ्क्रमित, २ लाख ९० हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ५३ लाख ६९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ९८ हजार ७९२ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ५३ लाख ६९ हजार ४६ पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म ८९ लाख ८२ हजार २४६ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २ लाख ९० हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ५०८ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या २ लाख ९० हजार ४४३ पुगेको छ । त्यस्तै उपचार गराइरहेका ६० लाख ९६ हजार ३५७ जनामध्ये ३६ हजार ४५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :