युवाहरूलाई बन्दुक बोक्न बाध्य नबनाऊ : युवा सङ्गठन

युवाहरूलाई बन्दुक बोक्न बाध्य नबनाऊ : युवा सङ्गठन

रुकुम (पश्चिम) : युवा सङ्गठन नेपाल रुकुम (पश्चिम) ले प्रेस विज्ञप्ति जारी गरी जनसेवामा जुटिरहेको समयमा प्रहरीले युवा सङ्गठन नेपाल रुकुम पश्चिमका उपाध्यक्ष विवेक र कोषाध्यक्ष शिवलाई सानोभेरी गाउँपालिका ३ रुकुम पश्चिमबाट अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै निन्दा र भत्र्सना गरेको छ । जिल्ला अध्यक्ष लय सहानीले जारी गरेको विज्ञप्तिमा गिरफ्तार जिल्ला नेताहरूलाई बिनासर्त तत्काल रिहा गर्न माग गर्दै युवाहरूलाई बन्दुक बोक्न बाध्य नबनाउन चेतावनी पनि दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सत्ताको दलाल चरित्र र त्यसले उत्पन्न गर्ने राष्ट्रघातजस्ता समस्याहरू र तिनका समाधानको एक मात्र सूत्र एकीकृत जनक्रान्तिको कार्यदिशाबारे जनताका बीचमा छलफल चलाउने, जनसेवामार्फत जनसम्बन्ध स्थापित गर्ने, युवाहरूलाई युगले सुम्पिएको राष्ट्रिय दायित्व पूरा गर्न आह्वान गर्ने उद्देश्यले बस्तीहरूमा पुगिरहेका युवा सङ्गठन नेपाल रुकुम पश्चिमका उपाध्यक्ष कमरेड विवेक र कोषाध्यक्ष कमरेड शिवलाई दलालहरूको रक्षक प्रहरी प्रशासनले हिजो सानोभेरी गाउँपालिका ३ रुकुम पश्चिमबाट अपहरण शैलीमा गिरफ्तार गरेको छ । कमरेडहरूको गिरफ्तारीप्रति घोर आपत्ति व्यक्त गर्दै तत्काल ससम्मान रिहा गर्न जोडदार माग गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै युवाहरूलाई सङ्गठन गर्नबाट रोक्ने, अन्यायका विरुद्ध उठेका आवाजलाई बन्दुकको ध्वाँस देखाउने, जनसेवा गरिरहेका युवाहरूलाई धरपकड गर्ने कार्यले देशलाई द्वन्द्वतिर उन्मुख गर्छ कि गर्दैन ? साँच्चै युवाहरूले बन्दुक बोक्न उन्मुख भए भने दलाल सत्ता र त्यसका मतियारहरूको भविष्य के हुने ? गम्भीर चेतावनी दिन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :