नेपालमा आज १,६२८ जना कोरोना सङ्क्रमित निको भए, २० जनाको मृत्यु

नेपालमा आज १,६२८ जना कोरोना सङ्क्रमित निको भए, २० जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ६२८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख २७ हजार ४३३ पुगेको छ । यो कुल सङ्क्रमितको ९४ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ३७० महिला र ६४४ पुरुष गरी जम्मा १ हजार १४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १८८ महिला र २५४ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ४४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार २२० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ६१४ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ९४८ रहेको छ । त्यसमा आई.सी.यु.मा ३३२ जना र भेन्टिलेटरमा ५३ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ८ हजार ६० जना र क्वारेन्टाइनमा ५२७ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ र डोल्पा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :