नेपालमा आज १,७५२ जना कोरोना सङ्क्रमित निको भए, १७ जनाको मृत्यु

नेपालमा आज १,७५२ जना कोरोना सङ्क्रमित निको भए, १७ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ७५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख २५ हजार ८०५ पुगेको छ । यो कुल संक्रमितको ९३ दशमलब ७ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा जम्मा १ हजार ९६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा भक्तपुर ५९, ललितपुर ७४ र काठमाडौँमा ३५१ गरी जम्मा काठमाडौँ उपत्यकामा ४८४ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार ४९५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५९४ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५८२ रहेको छ । त्यसमा आई.सी.यु.मा ३१३ जना र भेन्टिलेटरमा ५५ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ५ हजार १२१, होम आइसोलेसनमा ८ हजार ४६१ जना र क्वारेन्टाइनमा ५३६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :