नेकपाले धौलागिरिमा चलायो वैचारिक प्रशिक्षण

नेकपाले धौलागिरिमा चलायो वैचारिक प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी धौलागिरि ब्युरोले वैचारिक राजनीतिक प्रशिक्षण सञ्चालन गरेको छ ।

ब्युरोको ३ नम्बर जिल्लाअन्तर्गत इलाका नम्बर १ को राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न भएको नेकपाले जनाएको छ ।

इलाका नम्बर १ भित्रका अगुवा कार्यकर्ताको उपस्थिति रहेको उक्त प्रशिक्षणमा जिल्ला इन्चार्ज विजय र सेक्रेटरी रमणसिङले पार्टीको कार्यदिशा, वामपन्थी पार्टीहरुसँगको सम्भावित पार्टी एकता, २२ दलीय मोर्चाको गठनका साथै नेतृत्वको इमानदारी र कार्यकर्ताका साथै आमनेपाली जनताले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्दै समसामयिक विषयबारेमा प्रशिक्षणमुलूक मन्तव्य राखेका थिए ।

३ नम्बर जिल्ला इन्चार्ज विजयको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता सूचनाले र सञ्चालन जिल्ला सदस्य विद्रोहीले गरेको धौलागिरिबाट प्राप्त समाचारमा उल्लेख छ । नेकपाको राजनीतिक प्रशिक्षणले नेता–कार्यकर्ता उत्साहित हुनुका साथै एकीकृत जनक्रान्तिमा उत्साह थपेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :