नेकपाका कार्यकर्ता थारू र बेल्बासे गिरफ्तार

नेकपाका कार्यकर्ता थारू र बेल्बासे गिरफ्तार

काठमाडौँ : कपिलवस्तु प्रहरीले नेकपा कपिलवस्तुका कार्यकर्ता गशेण थारूलाई गिरफ्तार गरेको छ भने पाल्पा प्रहरीले विष्णु बेल्बासेलाई गिरफ्तार गरेको छ ।

शिवराज २ हल्लानगरस्थित सुनमाया घर्ती मगरको घरबाट शनिबार दिउँसो थारूलाई गिरफ्तार गरिएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले पुष्टि गरेका छन् । मङ्सिर ७ र ८ गते कपिलवस्तुका शिवगढी र शिवराजका गाउँबस्तीमा पनि प्रहरीले खानतलासी र धरपकड गरेको थियो ।

यस्तै शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकाबाट प्रहरीले विष्णु बेल्बासेलाई गिरफ्तार गरेको नेकपा पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :