निर्धन लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई ब्याज र किस्ता उठाउन प्रतिबन्ध

निर्धन लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई ब्याज र किस्ता उठाउन प्रतिबन्ध

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले पार्टीको निर्देशनलाई अटेर गर्दै लघुवित्तीय संस्था र बैङ्कले आफ्नो शोषणकारी कार्य र स्थानीय सरकार कोरोनाको बढ्दो सङ्क्रमण रोक्न सिल गरेको अवस्थामा पनि कमलबजार नपा वडा नं ६ हात्तीवाजमा जनतालाई भेला गरी चर्को ब्याज र किस्ता उठाइरहेको निर्धन लघुवित्त वित्तीय संस्था शाखा मङ्गलसेन अछामका फिल्ड कर्मचारीलाई क समूहबाट ब्याज र किस्ता उठाउन नदिई फिर्ता पठाइदिएको छ । प्राप्त समाचारअनुसार ख समूहको जम्मा नगद २६,६३० पनि नेकपाले नियन्त्रणमा लिइएको जनाएको छ ।

नियन्त्रणमा लिइएको २६,६३० रुपैयाँ पत्रकार सम्मेलन गरी सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गरिने जानकारी दिँदै नेकपाले यस्ता हर्कत कायम राखेमा ती संस्थाहरूलाई गाउँबाट लखेट्ने चेतावनी पनि दिएको छ ।

नेकपा अछामले भनेको छ, ‘कोरोना महामारीको बेला जनताले आफ्नो दैनिक जीवन चलाउन नै कठिन बनिरहेको अवस्थामा लघु वित्त वित्तीय संस्था र बैङ्कहरूले जनताको जीवन सहज हुने गरी राहतका प्याकेज र रोजगारी सिर्जना गर्नुको साटो जनतालाई चर्को ब्याज किस्ता असुल गरी आफ्नो शोषणकारी चरित्र देखाइरहेका छन् । यस विषयमा नेपाल कम्युनिस्ट पार्टीले सम्बन्धित सबैलाई जानकारी दिँदै आएको छ तर लघुवित्तीय संस्था र बैकले आफ्नो शोषणकारी कार्य र स्थानीय सरकार कोरोनाको बढ्दो सङ्क्रमण रोक्न सिल गरेको अवस्थामा पनि कमलबजार न पा वडा नं ६ हात्तीवाजमा जनतालाई भेला गरी चर्काे ब्याज र किस्ता उठाइरहेको निर्धन लघुवित्त वित्तीय संस्था शाखा मङ्गलसेन अछाममा फिल्ड कर्मचारीलाई क समूहवाट ब्याज र किस्ता उठाउन नदिई फिर्ता गरिएको छ र ख समूहको जम्मा नगद रु २६,६३० नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएको नगद २६,६३० रुपैयाँ पत्रकार सम्मेलन गरी सम्बन्धित जनतालाई फिर्ता गरिनेछ । यस्ता हर्कत कायम राखे गाउँबाट लखेट्ने चेतावनी दिन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :