रुसले अभियानकै रूपमा सुरु गर्यो कोरोनाविरुद्धको खोप, ९५ प्रतिशत सफल

रुसले अभियानकै रूपमा सुरु गर्यो कोरोनाविरुद्धको खोप, ९५ प्रतिशत सफल

काठमाडौँ : कोरोना भाइरसविरुद्धको खोप तयार गरेको रुसले कोरोनाको उच्च जोखिममा रहेका मानिसलाई खोप दिन सुरु गरेको छ । राजधानी मस्कोका क्लिनिकहरूमार्फत कोरोनाविरुद्धको खोप सेवा उपलब्ध गराउन थालिएको समाचारमा जनाइएको छ ।

कोरोना भाइरसविरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रुसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुतनिक ५ खोपको प्रयोग भइरहेको छ ।

खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् ।

दुईपटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणले आफ्नो नाम दर्ता गराएका छन् । एक करोड ३० लाख जनसङ्ख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र र सामाजिक कार्यमा संलग्न मानिसहरूलाई पहिलो प्राथमिकतामा राखी खोप सेवा उपलब्ध गराइएको रुसी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :