डोटी जिप दुर्घटनामा वडा सचिवसहित ३ जनाको मृत्यु

डोटी जिप दुर्घटनामा वडा सचिवसहित ३ जनाको मृत्यु

काठमाडौँ : डोटीको बोगटान फुड्सिल गाउँपालिका ७ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

मा १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका ७ की वडा सचिव मञ्जु त्रिपाठी, केआई सिंह गाउँपालिकाका ४० वर्षीय हरिनारायण भट्ट र अर्का एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम दिपायलबाट बोगटान फुड्सिल जाँदै गरेको जिप आज बिहान करिब २ बजेतिर बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ को चौरा चौतारामा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :