नेपालमा आज २,२०६ जना कोरोना सङ्क्रमित निको भए, १० जनाको मृत्यु

नेपालमा आज २,२०६ जना कोरोना सङ्क्रमित निको भए, १० जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार २०६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख २४ हजार ५३ पुगेको छ । यो कुल सङ्क्रमितको ९३ दशमलब ४ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ४०२ महिला र ६२२ पुरुष गरी जम्मा १ हजार २४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा २०४ महिला र २५६ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ४६० जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार ७४ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५७७ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार २५५ रहेको छ । त्यसमा आई.सी.यु.मा ३१२ जना र भेन्टिलेटरमा ४५ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ९ हजार २६३ जना र क्वारेन्टाइनमा ५३६ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : भापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ र डोल्पा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :