नापोलीले म्यारोडोनाको सम्मानमा गर्यो रङ्गशालाको नाम परिवर्तन

नापोलीले म्यारोडोनाको सम्मानमा गर्यो रङ्गशालाको नाम परिवर्तन

एजेन्सी : नापोली क्लबले विश्वका चर्चित फुटबल खेलाडी म्यारोडोनाका नाममा सान पाउलो रङ्गशालाको नाम परिवर्तन गरी डिएगो अर्मान्डो म्यारोडोना नामकरण गर्ने निर्णय गरेको छ । अर्जेन्टिनाका आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्यारोडोनाको निधनपछि क्लबले उनकै नाममा रङ्गशालाको नाम राख्ने निर्णय भएको हो ।

म्यारोडोनाको गत महिना ६० वर्षकै उमेरमा हृदयाघातबाट निधन भएको थियो । उनले सिरिए क्लबलाई सन् १९८७ र १९९० मा शीर्ष डिभिजनको लिग जिताएका थिए ।

नापोली नगरपरिषद्को प्रस्तावलाई स्वीकृति प्राप्त भएपछि सान पाउलो रङ्गशालालाई डिएगो अर्मान्डो म्यारोडोनाका नाममा रूपान्तरित हुने बताइएको छ ।

नापोलीका मालिक औरिलियो डी लौरेनिटसले म्यारोडोनाको निधनपछि खुला पत्र लेखी रङ्गशालाको नाम बदल्ने प्रस्ताव गरेका थिए । म्यारोडोनाले नापोलीमा ७ वर्ष बिताएका थिए । उनी सन् १९८४ मा बार्सिलोनाबाट नापोली आएका थिए । उनले इटालीबाट सन् १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप जितेका थिए ।

उनी नापोलीबाट १ सय ८८ खेलमा सहभागी भएका थिए । उनले क्लबका लागि ८१ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :