विश्वभर १५ लाख २३ हजार ५६१ कोरोना सङ्क्रमितको मृत्यु

विश्वभर १५ लाख २३ हजार ५६१ कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ : विश्वभर शनिबार बिहानसम्म १५ लाख २३ हजार ५६१ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ८८ लाख ८९ हजार ८३६ पुगेको र त्यसमध्ये १ लाख ६ हजार ८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार कुल सङ्क्रमितको सङ्ख्या ६ करोड ६२ लाख ११ हजार ४७९ पुगेको छ । विश्वभर ४ करोड ५८ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घन्टामा ४ लाख २१ हजार ३७७ सङ्क्रमणमुक्त भएसँगै ४ करोड ५८ लाख ८ हजार २२९ जनाले कोरोनालाई जितेका छन् ।

पछिल्लो २४ घन्टामा १२ हजार १२६ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर १५ लाख २३ हजार ५६१ सङ्क्रमितको मृत्यु भएको छ । २१८ मुलुकमा फैलिएको सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा ६ लाख ८४ हजार ५३७ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :