हुम्लामा जिप दुर्घटना, चारजनाको मृत्यु

हुम्लामा जिप दुर्घटना, चारजनाको मृत्यु

हुम्ला : जिल्लाको हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट फर्कंदै गरेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एक बच्चासहित सातजना घाइते भएका छन् ।

दुर्घटनामा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीया डुकी तामाङ र उनका श्रीमान् ४५ वर्षीय गुरु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

लु २ च २१०२ नम्बरको जिप डाँडाफयामा राति ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सिमकोट २ ठेहेका जिपचालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खोल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुमलामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन् । उनीहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरी निरीक्षक सीताराम बिष्टले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :