चीनलाई अमेरिकाको गम्भीर आरोप

चीनलाई अमेरिकाको गम्भीर आरोप

काठमाडौँ : विश्वको उदियमान शक्तिराष्ट्र चीन र अमेरिकाबीच लामो समयदेखि आरोप–प्रत्यारोप चलिरहेको बेला एक अमेरिकी अधिकारीले चीनलाई अर्को गम्भीर आरोप लगाएका छन् ।

अमेरिकी बरिष्ठ गुप्तचर अधिकारीले जोन र्याटक्लिफले चीन प्रजातन्त्रका लागि सबैभन्दा ठुलो खतरा भएको बताएका छन् । द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्याटक्लिफले चीनले अमेरिकाका गोप्य सूचना चोर्दै तथा बजारमा अमेरिकी कम्पनीहरूलाई विस्थापित गर्दै चीनले आफ्नो सामथ्र्य बढाइरहेको आरोप लगाएका छन् ।

जोन र्याटक्लिफले बेइजिङले अमेरिकासँग मुठभेडको तयारी गरिरहेको र ‘आर्थिक, सैनिक तथा प्राविधिक रूपले’ विश्वमाथि हावी हुन खोजिरहेको र्याटक्लिफले बताएका हुन् । अमेरिका र चीनले आपसमा आरोप–प्रत्यारोपमा उत्रिदै कतिपय उत्पादनहरुमा प्रतिबन्ध त कतिपय सामानहरुमा कर लगाउँदै गएको बेला अमेरिकी गुप्तचर अधिकारीको यो भनाई आएको हो । विश्व अर्थतन्त्रमा १ नम्बर बन्नको लागि चीनलाई अमेरिकाका साझेदारहरूमाथि दबाव बढाउँदै लगेको मानिएको बेला अमेरिकी गुप्तचर अधिकारीको यो भनाई सार्वजनिक भएको हो । राष्ट्रिय गुप्तचर निकायका निर्देशक र्याटक्लिफले भनेका छन् ‘चीन एक प्रकारको आर्थिक जासुसीमा संलग्न छ अमेरिकाको नक्कल गर्ने र विस्थापित गर्ने र चोर्ने काम गरेको छ ।’

गुप्तचरी र चोरीका कारण चीन अमेरिकाका लागि सबैभन्दा ठूलो र दीर्घकालीन खतरा भएको आरोप लगाए पनि चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :