कालीकोटमा नेकपाको प्रशिक्षण सम्पन्न

कालीकोटमा नेकपाको प्रशिक्षण सम्पन्न

काठमाडौँ : कालीकोटको मेहेलमुडीमा नेकपाको राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एरिया नं. २ को आयोजनामा शुक्रबार भएको कार्यक्रम एरिया इन्चार्ज बिसाखर जैसी ‘किरण’ को सभापतित्व, जिल्ला इन्चार्ज बिराटको प्रमुख आतिथ्यता र आर्थिक विभाग सदस्य निर्देशनको आतिथ्यतामा सम्पन्न भएको छ ।

जिल्लाको बदालकोट रकु र मेहेलमुडीका पार्टी सदस्यहरुको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज बिराटले सबै कम्युनिस्टहरु एक ठाँउमा नउभिएर दलाल संसदीय व्यवस्थाको अन्त्य नहुने ठोकुवा गरे । बानेश्वरको भवनमा कराएर समाजवाद नआउँने भन्दै बिराटले समाजवादका लागि क्रान्तिबाहेक अर्को विकल्प नभएको भन्दै यसका लागि असल कम्युनिस्टहरुको एकता जरुरी रहेको धारणा राखे ।

एक अर्को प्रसंङ्गमा बोल्दै बिराटले कम्युनिस्ट सरकार असफल भए त्यसको विकल्प काँङ्ग्रेस हुनै नसक्ने दाबी गर्दै यो ब्यवस्थाको विकल्प बैज्ञानिक समाजवाद आजको अपरिहार्य आवश्यकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :