नेपालमा आज १,५७५ जना निको भए, १,२७२ जना सङ्क्रमित थपिए, १६ को मृत्यु

नेपालमा आज १,५७५ जना निको भए, १,२७२ जना सङ्क्रमित थपिए, १६ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २७२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १५ हजार ४४७ रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ५७५ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने २ लाख २१ हजार ८४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :