नेकपाका कार्यकर्ता बेल्वासे पाल्पाबाट गिरफ्तार

नेकपाका कार्यकर्ता बेल्वासे पाल्पाबाट गिरफ्तार

पाल्पा : नेकपाका कार्यकर्ता बिष्णु बेल्वासेलाई प्रहरीले गिरफ्तार गरेको छ । पाल्पाको तिनाउँ गाउँपालिका अन्तर्गत हापुर गाउँबाट बिहीबार दिउँसो प्रहरीले गिरफ्तार गरेको बताइएको छ । पार्टी संगठनको कामको सिलसिलामा सामान्य अवस्थामा रहेको बेला बेल्वासेलाई प्रहरीले पक्राउ गरेको नेकपाले बताएको छ ।

पार्टी अभियानको क्रममा पाल्पामा रहेका बेल्वासेलाई पक्राउपछि दोभान इलाका प्रहरी कार्यालयमा राखिएपनि शुक्रबार जिल्ला प्रहरी कार्यालय तानसेन लगिएको र नेकपा कार्यकर्ताका कार्यकर्ता भएको आरोपमा प्रहरीले मुद्दा लगाउने तयारी गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :