नेपालमा आज २,१२२ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,५५१ पुग्यो

नेपालमा आज २,१२२ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,५५१ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १२२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख २० हजार २७२ पुगेको छ । यो कुल संक्रमितको ९२ दशमलब ७ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा जम्मा १ हजार ३४३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार २८९ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५५१ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ७६६ रहेको छ । त्यसमा आई.सी.यु.मा ३८८ जना र भेन्टिलेटरमा ६५ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा १० हजार २७१ जना र क्वारेन्टाइनमा ५७६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :