बन मासेर शवदाह बनाए जनतासँगै आन्दोलन गर्ने नेकपाको चेतावनी

बन मासेर शवदाह बनाए जनतासँगै आन्दोलन गर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कास्कीले पोखरा महानगरपालिका बडा नम्बर १० मा पर्ने बैरागी बनमा निर्माण हुन लागेको विद्युतिय शवदाह कुनैपनि कारणले बैज्ञानिक नभएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

नेकपाका कास्की सेक्रेटरी विश्वासले बिहीबार जारी गरिएको विज्ञप्तिमा उक्त विषयलाई लिएर स्थानीय जनताबाट आफ्नो पार्टीमा निवेदन आएकाले र लामो अध्ययन अनुसन्धानबाट यदि उक्त बनमा शवदाह बनाइएको खण्डमा बन विनाश हुनुको साथै पर्यावरणमा असर परि मानव स्वास्थ्यमा समेत प्रतिकुल असर हुने देखिएको उल्लेख छ ।

उक्त क्षेत्रमा शवदाह निर्माण गर्ने र ब्यवस्थित गर्ने नाममा बन विनाश गर्ने र अतिक्रमण गर्ने नियत रहेको भन्दै नेकपाको विज्ञप्तिमा ब्यवस्थापन, संरक्षण र प्रवद्र्धन गर्नुपर्ने निकायले नै बेलाबेलामा बन विनास गर्नु र अतिक्रमण गर्नेलाई प्रसय दिनु निकै लज्जास्पद कुरा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उक्त क्षेत्रमा निर्माण गर्न लागिएको शवदाह अन्यत्र बैज्ञानिक तरिकाले निर्माण नगरिए जनताको साथ लिएर आन्दोलन गर्ने चेतावनी नेकपाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :