नेकपा नेता बीसीको घरमा पक्राउ पुर्जी

नेकपा नेता बीसीको घरमा पक्राउ पुर्जी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको छ ।

सुनसरी जिल्ला अदालतबाट जारी भएको ३५ दिने पक्राउ पुर्जीमा बीसीलाई हातहतियार तथा खरखजाना र सङ्गठित अपराध निवारण ऐनअन्तर्गतको कसुर लगाइएको छ ।

असोज २२ गतेको मितिमा जारी गरिएको उक्त पक्राउ पुर्जी अहिले आएर बीसीको दैलेखको लालीकाडास्थित घरमा टाँसिएको हो । बीसीलाई केही महिनाअघि प्रहरीले गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर कयौँ जिल्ला घुमाएको थियो । कोरोना सङ्क्रमणलगायत गम्भीर बिरामी अवस्थामै लामो समयसम्म जिल्लाजिल्ला घुमाइएका बीसीलाई अचेत अवस्थामा मुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :