कालीकोटमा नेकपाको राजनीतिक काम तीव्र

कालीकोटमा नेकपाको राजनीतिक काम तीव्र

काठमाडौँ : नेकपा कालीकोटले राजनीतिक एवम् वैचारिक कामलाई तीव्रता दिएको छ । अभियानकै क्रममा एरिया नं ४ को राजनीतिक–वैचारिक कार्यकम सम्पन्न भएको छ । एरिया इन्चार्ज दिलमानको अध्यक्षता र जिल्ला सेक्रेटरी रणदीपको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य चञ्चल, तखत, लोचनलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बदालकोट, नानीकोट र राम्नाकोटका पार्टी सदस्यको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सेक्रेटरी रणदीपले एकीकृत जनक्रान्तिको कार्यदिशा सफल बन्दै गएको र सबै कम्युनिस्टको कार्यदिशा बन्ने विश्वास व्यक्त गरे । उनले वर्तमान सरकार र व्यवस्था पूरै असफल भएकाले यसको विकल्प वैज्ञानिक समाजवादबाहेक अर्को विकल्प नरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :