घुस्याहा कर्मचारीको भिडियो खिच्ने पत्रकारमाथि आक्रमण, नेकपाले दियो जनकारबाही गर्ने चेतावनी

घुस्याहा कर्मचारीको भिडियो खिच्ने पत्रकारमाथि आक्रमण, नेकपाले दियो जनकारबाही गर्ने चेतावनी

झापा : झापाको दमकस्थित मालपोत कार्यालयमा कार्यालय प्रमुख तारानाथ दङ्गालको संरक्षणमा कर्मचारी र सेवाग्राहीबीच घूस लेनदेन भइरहेको भिडियो खिच्ने क्रममा झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि कर्मचारीहरूले भौतिक आक्रमण गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका दमक सेक्रेटरी समरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा सम्पूर्ण प्रमाण बाहिर आउँदासमेत भ्रष्ट कर्मचारीलाई कारबाही गर्न सरकारले आनाकानी गरिरहेको भन्दै अविलम्ब कारबाही माग गरेका छन् ।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही नगरिए जनसत्ताद्वारा भ्रष्ट कर्मचारीमाथि खुलमखुला जनकारबाही गरिने निश्चित रहेको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :