महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध सशक्त सङ्घर्ष गर्ने निर्णय

कैलाली : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी कैलालीले राजनीतिक कार्यक्रम तथा सङ्गठन निर्माणमा विशेष ध्यान दिने, महिलामाथि हुने सबैखाले हिंसाका विरुद्ध सशक्त सङ्घर्ष गर्ने र जिल्लामा व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको छ । सङ्घको बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

सृष्टिको अध्यक्षता र नेकपाका जिल्ला सेक्रेटरी करनको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सेती–माहाकाली ब्युरो संयोजक पूर्णिमा रहेको समाचारमा जनाइएको छ ।

उक्त बैठकमा प्रमुख अतिथि करनले पार्टीले देशैभरि महिला सङ्गठनलाई विस्तार गर्दै गएको र कैलाली जिल्लामा पनि व्यापक सहभागिताले क्रान्तिलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

ब्युरो संयोजक पूर्णिमाले सदियौँदेखि महिलालाई दासका रूपमा मात्रै देख्ने यो समाजलाई परिवर्तन गर्न महिलाहरूकै पहिलो र अहम् भूमिका रहेकाले सम्पूर्ण दिदीबहिनीलाई महिला मुक्तिका लागि एकीकृत जनक्रान्तिमा गोलबन्द हुन आह्वान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :