कोरोना भाइरसले फ्रान्सका पूर्वराष्ट्रपतिको ज्यान लियो

कोरोना भाइरसले फ्रान्सका पूर्वराष्ट्रपतिको ज्यान लियो

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणका कारण फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको मृत्यु भएको छ । कोरोना सङ्क्रमणले ग्रस्त ९४ वर्षीय दिस्तँको बुधबार फ्रान्सको लुवास्थित आफ्नै घरमा मृत्यु भएको जानकारी भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले दिएको प्राप्त समाचारमा जनाइएको छ ।

कोरोना सङ्क्रमणपछि दिस्तँको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको एएफपीले जनाएको छ । दिस्तँको परिवारले दिएको जानकारीअनुसार भ्यालेरीको इच्छाअनुसार नै परिवारका केही सदस्यको उपस्थितिमा उनको अन्तिम संस्कार गरिने भएको छ । दिस्तँ सन् १९७४ देखि १९८१ सम्म फ्रान्सका राष्ट्रपति थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :