सामाजिक संस्थाले नै ठगी गरेको भन्दै जनप्रतिशील मोर्चाद्वारा खेद व्यक्त

काठमाडौँ : लक्ष्मी ट्राभल्स पोर्चुगलद्वारा ठगी भएको र एनआरएन पोर्चुगलका कार्यालय कर्मचारीद्वारा पासपोर्ट नवीकरणप्रक्रियामा आर्थिक लेनदेन गरी रकम हिनामिना भइरहेको भन्दै नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले ध्यानाकर्षणपत्र जारी गर्दै हालै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशित पोर्चुगलसँग सम्बन्धित दुई खबरहरू ‘लक्ष्मी ट्राभल्स पोर्चुगलद्वारा ठगी र एनआरएनए पोर्चुगल कार्यालय कर्मचारीद्वारा पासपोर्ट नवीकरण प्रक्रियामा गरिएको आर्थिक अनियमितता’ बारे आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । जनप्रगतिशील मोर्चाको ध्यानाकर्षणपत्रमा पोर्चुगलमा ठगी र आर्थिक अनियमितताबारे सङ्गठनले पीडितहरूसँग पनि बुझ्ने काम गरिसकेको र दुवै निकायले कमजोरी गरेको पाइएको भन्दै आफ्ना कमीकमजोरी तत्काल सच्याउन र पीडितहरूको माग यथाशीघ्र सम्बोधन गर्न आग्रह गरिएको छ ।

लक्ष्मी ट्राभल्सले नेपालमा पठाउने रकम लिने तर समयमा नदिने, सेवाग्राहीले पटकपटक अनुरोध गर्दा पनि महिनौँसम्म आलटाल गर्नेजस्ता क्रियाकलापले धेरै नेपालीलाई पीडित बनाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । कोरोनाका बिरामीको उपचारार्थ परिवारलाई पठाइएको रकम पनि समयमै उपलब्ध नगराइदिनु अत्यन्तै निन्दनीय कार्य हो भन्दै मोर्चाले यस्ता गतिविधिहरू तत्काल रोक्न र चुस्तदुरुस्त सेवा दिन लक्ष्मी ट्राभल्सलाई आह्वान गरेको छ ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘एनआरएनए पोर्चुगल कार्यालय कर्मचारीले राहदानी नवीकरणप्रक्रियाका लागि लिएको रकमसमेत हिनामिना गरिएको पाइएको छ । आफूलाई सामाजिक संस्था भनेर दाबी गर्ने संस्थाको कार्यालयबाट नै यस्तो गलत क्रियाकलाप हुनु खेदजनक छ ।’ ध्यानाकर्षणपत्रको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :