क्रान्तिकारीद्वारा बुढाथोकीलाई रिहा गर्न आग्रह

क्रान्तिकारीद्वारा बुढाथोकीलाई रिहा गर्न आग्रह

काठमाडौँ : अखिल (क्रान्तिकारी) जिल्ला समिति सल्यानले आफ्नो संगठनका जिल्ला कोषाध्यक्ष विष्णु बुढाथोकीलाई गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाईको माग गरेको छ । क्रान्तिकारीका सल्यान अध्यक्ष गणेश क्षेत्री ‘प्रभाकर’ले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कामको सिलसिलामा रुकुम खलंगाबाट सल्यान आउँदै गर्दा संगठनका जिल्ला कोषाध्यक्ष बिष्णु बुढाथोकीलाई गाडीबाटै गिरफ्तार गरेका हुन् ।

क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रभाकरको विज्ञप्तिमा जनाइए अनुसार बुढाथोकीलाई सल्यानको थारमोरबाट गिरफ्तार गरी बेपत्ता पारेको भन्दै ३ दिन बितिसक्दा पनि सार्वजनिक नगरेको आपत्ति जनाइएको छ । साथै गिरफ्तार गरिएका बुढाथोकीलाई सार्वजनिक गरि रिहाई नगरे यसको सशक्त प्रतिरोध आन्दोलन गर्न बाध्य हुने र यसको सम्पूर्ण जिम्मेवार स्वयम् सरकार र प्रहरी प्रशासन हुनुपर्ने चेतावनी संगठनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :