हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा आगलागी

हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा आगलागी

काठमाडौँ : हुम्लाको सिमकोटस्थित विमानस्थलमा आगलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहीबार बिहानै अचानक आगलागी भएको हो ।

आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भएको र अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

चिसोले पानी जमेका कारण हुम्ला सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको क्वाटरमा लागेको आगो नियन्त्रणमा समस्या भएको छ । बिहान ४ बजेदेखि लागेको आगो बिहान ६ बज्दासम्म नियन्त्रणमा आउन सकेको छैन । सर्वसाधारण र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :