नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित

नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित

काठमाडौँ : नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को शानदार जित हात पार्यो । जसमा ब्राजिली स्टार फरवार्ड नेयमारले मात्रै २ गोल गरे ।

ओल्डट्राफोर्डमा पीएसजीको जितमा नेयमारबाहेक अर्को एक गोल कप्तान मार्किन्हसले गरे । घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो ।

पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २–१ को हारको बदला लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :