सङ्कटग्रस्त पुँजीवाद र वैज्ञानिक समाजवादको उज्ज्वल भविष्य

सङ्कटग्रस्त पुँजीवाद र वैज्ञानिक समाजवादको उज्ज्वल भविष्य

यतिबेला विश्व–पुँजीवाद अत्यन्तै सङ्कटग्रस्त अवस्थामा रहेको छ । यसका सूचकहरू अर्थात् विश्व–समाजको अवस्था र विश्वका अबौँ मानिसहरूमा आइपरेका अनगिन्ती असमाधेय समस्याहरूलाई एकदमै सरल वा आवश्यकताअनुसार गहिराइमा प्रवेश गरेर हेर्न वा राम्रोसँग थाहा पाउन सकिन्छ । हामीले भोगिरहेको वर्तमान जीवन पनि पुँजीवादी सङ्कटकै सूचक हो । सन् १५६० को आसपासबाट १७६० को औद्योगिक क्रान्तिसम्म सामन्तवादी व्यवस्थाका अनेकौँ दमन र शोषणविरुद्ध सङ्घर्ष गर्दै आफ्नो प्रगतिशील चरित्रसहित उदय भएको पुँजीवाद सामन्तवादविरुद्ध भीषण सङ्घर्षमा बलिदानीपूर्वक सङ्घर्ष गर्ने आम श्रमजीवी, किसान, मजदुरहरूलाई लुट्ने, शोषण गर्ने व्यवस्थाका रूपमा पतन हुन पुग्यो ।

शासकीय व्यवस्था लुट्ने, शोषण गर्ने पुँजीवादी भएपछि स्वभावैले आधारभूत श्रमिकहरूले दुःखको सामना गर्नुपर्ने भइहाल्यो र त्यो आजका दिनसम्म हुँदै आइरहेको छ । बरु त्यो वर्तमान निगम पुँजीवादको केन्द्रीकृत शोषणसम्म आइपुग्दा श्रमिक वर्गलाई थेग्नै नसक्ने गरी भारी परिरहेको छ । तथापि पुँजीवादले आफूमा निहित प्रगतिशील चरित्र गुमाएर शोषकका रूपमा पतन हुन पुगेपछि यसका विकल्पहरू खोजिएका छन् र यसका विरुद्ध सन् १८४८ अर्थात् १७२ वर्षदेखि सचेत रूपमा श्रमिक वर्गले सङ्घर्ष गर्दै आएको छ ।

आफैँले निम्त्याएका भयानक सङ्कटहरूको समाधान गर्न अक्षम बनेर सोही कारण मृत्युको अन्तिम छट्पटाहटमा पुगेको पुँजीवादलाई प्राण भर्न र विश्वका केही औँलामा गनिने खर्बपतिहरूको कृपापात्र बनिरहन केही अर्थशास्त्रीहरू टुप्पी ठाडो पारेर लागेका छन् तर उनीहरूको तर्क माक्र्सको दिशानिर्देश र ऐतिहासिक संश्लेषणका अगाडि रुन्चे, फिक्का लागिरहेका छन् ।

पुँजीवाद (कसैले यसमाथि पोतिएको कालोमोसो सफा गर्न स्वतन्त्र निजी उद्योग व्यवस्था भन्ने गरेका छन् ले औद्योगिक क्रान्तिले क्रमशः कपासको कारखाना र वाष्पइन्जिन, रेलमार्ग, विद्युतीकरण, मोटारगाडी, विद्युतीय सामग्रीको व्यापकतालगायत वैज्ञानिक खोज, आविष्कार र उत्पादनहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्दै विश्व मानव जाति (उत्पादक शक्ति) लाई लुट्दै आइरहेको सन्दर्भमा यसले पैदा गरेको विषमता, खतरनाक असमानता र नाफा सोहोर्ने लहडमा विश्व मानव जातिमाथि लादिएका बर्बरतापूर्ण युद्धहरूले यसको विकल्प खोज्ने ठाउँमा लगेर उभ्यायो । यसको परिणाम वैज्ञानिक समाजवाद– साम्यवादका रूपमा देखापर्यो र यसको अध्येताका रूपमा कार्ल माक्र्स र एङ्गेल्स रहनुभएको छ ।

आफैँले निम्त्याएका भयानक सङ्कटहरूको समाधान गर्न अक्षम बनेर सोही कारण मृत्युको अन्तिम छट्पटाहटमा पुगेको पुँजीवादलाई प्राण भर्न र विश्वका केही औँलामा गनिने खर्बपतिहरूको कृपापात्र बनिरहन केही अर्थशास्त्रीहरू टुप्पी ठाडो पारेर लागेका छन् तर उनीहरूको तर्क माक्र्सको दिशानिर्देश र ऐतिहासिक संश्लेषणका अगाडि रुन्चे, फिक्का लागिरहेका छन् । विश्वकै पुँजीवादी अर्थशास्त्रीहरू वैज्ञानिक समाजवाद– साम्यवादको उदयलाई नकार्न सक्ने नैतिक, तार्किक र तथ्य सङ्गत धरातलमा उभिन सकेका छैनन् बरु विभिन्न तानाबाना बुनेर पुँजीवादको आयु लम्ब्याउने तर्क भने गरिरहेका छन् । यसमा हाम्रै देशका समाजशास्त्री, अर्थशास्त्री भनेर चिनिने चैतन्य मिश्र पनि एक हुन् तर उनलाई आफ्ना तर्कहरूको भित्रभित्र लज्जाबोध भएको हुनसक्छ ।

पुँजीवादले सामन्तवादविरुद्ध सङ्घर्ष गरिरहँदा सहयोगी भूमिका निर्बाहको सिङ्गो मानव समुदायको रगत स्वयम् पुँजीवादले चुसिरहेको छ । औद्योगिक क्रान्तिपछिका समयहरूमा पुँजीवादको विकल्प खोज्ने सन्दर्भमा केही विद्वान्हरूले काल्पनिक भाववादी, अवस्तुवादी, आदर्शवादी समाजको कल्पना गरे । तर त्यो पुँजीवादी व्यवस्थाका रूपमा आउनसक्ने विषय थिएन । माक्र्स एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित गरेपछि स्वतः विश्वमा दुई ध्रुव खडा भयो : पुँजीवादी र वैज्ञानिक समाजवादी । दर्जनौँ राष्ट्रहरूमा वैज्ञानिक समाजवादी सत्ताको स्थापना भयो, प्रयोग भयो । केही संशोधनवादी गद्धारहरूका कारण समाजवादी सत्ताहरू ढल्न पुगे । यही बहानामा पुँजीवादले आफ्नो विकल्प नभएको भनेर दुनियाँभर डङ्का पिट्यो तर त्यो पुँजीवादको आत्मारतिबाहेक केही थिएन । केही धोकेबाज संशोधनवादीहरूलाई खरिद गरेर सत्यलाई ढाकछोप गर्न गरिएको प्रयत्न मात्र थियो । यतिबेला पुँजीवादको असफलतापछि उक्त कुराको पुस्ट्याइँ भइसकेको छ । पुँजीवाद आफूले पैदा गरेको सङ्कटको भीडमा वैज्ञानिक समाजवादसँग मृत्यु मागिरहेको छ यतिबेला ।

माक्र्स एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित गरेपछि स्वतः विश्वमा दुई ध्रुव खडा भयो : पुँजीवादी र वैज्ञानिक समाजवादी ।

पुँजीवादलाई बचाउँदै आफ्नो प्राण बचाउन खोज्ने पाखण्डी धर्मभिरुहरू र पुँजीवादको पुच्छर समाएर आफ्नो बौद्धिकता प्रदर्शन गरिरहेका कुपोषित अर्थशास्त्रीहरू यतिबेला दिशाविहीन बनेका छन्, त्यो देख्न सकिन्छ । पुँजीवादी व्यवस्थाको विकल्पका रूपमा हरेक हिसाबले दुनियाँलाई उन्नत सभ्यातातर्फको दिशा प्रदान गरिरहेको वैज्ञानिक समाजवाद– साम्यवादको विजयलाई कसैको श्राप वा दमनका धम्कीहरूले अब रोक्न सम्भव छैन । पुँजीवादले निम्त्याएका हरेक खराबी र महासङ्कटको विकल्प वैज्ञानिक समाजवादभन्दा अर्को हुनै सक्दैन । अब पुँजीवादलाई जतिसुकै रङरोगन गरे पनि, मर्मतसम्भार गरिए पनि कुनै पनि बहानामा योभन्दा अगाडि चल्नेवाला छैन ।

सामन्तवादको विकल्पका रूपमा प्रगतिशील विचार दृष्टिकोण र योजनासहित सामन्तवादविरुद्ध २०० वर्ष सङ्घर्ष गरेर उदय भएको पुँजीवाद वास्तवमै लुटेरा साबित भयो । स्वाभाविक थियो पुँजीवादले समस्याहरूको समाधान नगरेपछि जनताहरूले परिवर्तनको चाहना राखे । पुँजीवादका विरुद्धमा समाजवादी आन्दोलन उठ्यो । महान् बलिदान भएको पेरिस कम्युन हुँदै, रसियन क्रान्ति (१९१७) पुर्वी युरोपका पोल्यान्ड, चेकोस्लोभिया, रुमानिया, युगोस्लाभिया, हङ्गेरी, अल्बानिया, बुल्गेरिया, पूर्वी जर्मनीहरूमा (१९४५–१९५०) का समयहरूमा, चिनियाँ जनवादी क्रान्ति (१९४९), क्युबा (१९४०), भियतनाम (१८८७) र कोरियन क्रान्तिसम्म स्थापित भएका वैज्ञानिक समाजवादी सत्ता र उक्त सत्ताले तय गरेका र लागू गरेका नीति तथा कार्यक्रमहरूले विश्वका अर्बौं जनतालाई आकर्षित गर्यो । वैज्ञानिक समाजवाद वास्तवमै अत्यन्तै लोकप्रिय बन्न पुग्यो ।

सिङ्गो विश्व नै वैज्ञानिक समाजवादमय बन्न पुग्यो । वैज्ञानिक समाजवादले खोसेको पुँजीवादीहरूको शोषणकारी, लुटेरा सत्ता र पुँजीवादीहरू मूर्छित बनेर छट्पटाउन पुगे । दुनियाँको यात्रा वैज्ञानिक समाजवाद हुँदै साम्यवाद हो भन्ने विषय स्पष्ट भयो र यो भरपर्दो विचार– दृष्टिकोण बन्नेमा कुनै समस्या रहेन । विश्वका चिन्तक, राजनीतिज्ञहरूले पनि वैज्ञानिक समाजवादलाई कुनै न कुनै हिसाबले आफ्नो राजनीतिक कार्यक्रममा जोड्नुपर्ने अवस्था बन्यो । पुँजीवादलाई पनि अटाउने र श्रमिक जनताको पनि साथ लिनैपर्ने बाध्यकारी अवस्था बन्दा प्रजातांन्त्रिक समाजवाद भन्न थाले । नेल्सन मन्डेला, जवारलाल नेहरू, बीपी कोइरालालगायत विश्वका कयौँ राजनीतिज्ञ, चिन्तकहरू कायल भएर समाजवादको धरातलमा उत्रिन बाध्य भए ।

पुँजीवादी साम्राज्यवादको मृत्यु अवश्यम्भाबी छ । ‘जिते सारा संसार, हारे हतकडी’ भएका श्रमजीवीहरूको सुन्दर सभ्यता समाजवादी सत्ता स्थापना भएरै छोड्नेछ । वैज्ञानिक समाजवादको भविष्य उज्ज्वल छ ।

थुप्रै अध्यात्मिक चिन्तकहरूसमेत वैज्ञानिक समाजवादको विश्वव्यापी प्रस्तावबाट मुक्त रहन सकेनन् । कंयाैँ अध्यात्मिक चिन्तकहरू रूढिग्रस्त पुँजीवादी चिन्तनले काम नगर्ने देखेपछि समाजवादी सत्ताको विश्वव्यापी लोकप्रियता र त्यसको प्रभावबाट विश्वभरिका मानिसहरूमा बनेको समाजवादी मनोविज्ञानलाई प्रभावित पार्न विभिन्न चिन्तन र दर्शनको निर्माण गर्न पुगे । त्यस्ता अध्यात्मवादी बिख्यात चिन्तकमध्ये राजनीश पनि एक हुन् । उनी त कम्युन निर्माण गर्न भन्दै अमेरिकामा समेत प्रयत्न गर्न पुगे । समाजवादी लहरबाट आत्तिएको पुँजीवादको नेतृत्व गरिरहेको अमेरिकाले उनलाई आफ्नो देश प्रवेशमै निषेध गर्यो । अध्यात्मिक प्रयत्नमार्फत विश्वलाई सभ्य, समान र सुसंस्कृत बनाउन सकिन्छ भन्ने अध्यात्मिक चिन्तकहरूलाई समेत समाजवादी सभ्यताको विश्वब्यापी लोकप्रियताले लघारेर पुँजीवादी शोषणको विरोध गर्ने र कम्युनको आवश्यकताको बोध गर्ने बनाएर छाड्यो । तथापि यतिबेला उनीहरूले भनेको जस्तो ध्यान, जप, टुक्रे कम्युन र एकतर्फी शान्तिको प्रलाप पुँजीवादीहरूलाई शोषण गर्ने हतियार बन्न पुगेको छ । जनताको मनोविज्ञानलाई केही क्षण भ्रमित पार्दै पुँजीवादी लुटविरुद्ध सङ्घर्ष गर्नैपर्ने आवश्यकता भएका श्रमिकहरूलाई अलमल्याउनु लुटेरा पुँजीवादको सेवा हो र यसबाट पनि अबको श्रमिक दुनियाँ अल्मलिएर बस्नेछैन ।

कयौँ बहाना र फजुल कार्यक्रमको भुलभुलैयामा विश्वलाई घुमाउन खोजिरहेको पुँजीवादको मुखुण्डो उदाङ्गो भैसकेको छ । पुँजीवादबाट अब समाजमा काम चल्नेवाला छैन । मानिसहरूका समस्याहरूलाई हल गर्न पुँजीवाद असमर्थ छ, बरु यो समस्या थोपर्ने मुख्य कारक बन्न पुगेको छ । तसर्थ विश्वभरिका आमश्रमजीवीहरू यसको पतनका निम्ति गर्नुपर्ने सबैखाले कर्म गर्न तयार छन् । एकातिर निभ्न लागेको पुँजीवाद छ भने अर्कोतर्फ वैज्ञानिक समाजवाद सबैको छनोटको विषय बनेको छ । पुँजीवाद जनतालाई स्वतन्त्रतापूर्वक छनोटको अधिकार दिन तयार छैन । अमानवीय युद्ध लादेर पुँजीवाद विश्वलाई खोक्रो बनाइरहेको छ । यसले वैज्ञानिक समाजवादी सत्तालाई छनोट गर्न पाउने मानवीय अधिकारलाई खोसिरहेको छ । तथापि आमश्रमजीवीहरू यतिबेला पुँजीवादद्वारा खोसिएको अधिकार फिर्ता लिन सङ्घर्ष गर्न जुटिरहेका छन् । त्यसैले अब पुँजीवादविरुद्ध आम विश्वका जनता बन्दुक लिएर उठ्नेछन् । पुँजीवादी साम्राज्यवादको मृत्यु अवश्यम्भाबी छ । ‘जिते सारा संसार, हारे हतकडी’ भएका श्रमजीवीहरूको सुन्दर सभ्यता समाजवादी सत्ता स्थापना भएरै छोड्नेछ । वैज्ञानिक समाजवादको भविष्य उज्ज्वल छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :