पार्टी सदस्य रोशनप्रति नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

पार्टी सदस्य रोशनप्रति नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पार्टी सदस्य एवम् विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष रोशन लामाको दुर्घटनामा भएको निधनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । जिल्ला इन्चार्ज जमिनले श्रद्धाञ्जली वक्तव्य प्रकाशित गर्दै जिल्लाको मनहरी ६ निवासी रोशन लामाको यही मङ्सिर १५ गते राती ११ः३० बजे आफ्नो डेरामा जाने क्रममा चितवन राप्ती नगरपालिका ४ भण्डारामा बसले मोटरसाइकलमा ठक्कर दिँदा मृत्यु भएकोमा पार्टी स्तब्ध र दुःखी भएको जनाएका छन् ।

जमिनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी मनहरी ६ निवासी पार्टी सदस्य एवम् पूर्वविद्यार्थी अध्यक्ष रोशन लामा मिति २०७७ ०८/१५ गते राती ११ः३० बजे आफ्नो डेरामा जाने क्रममा चितवन राप्ती नगरपालिका ४ भण्डारामा बसले मोटरसाइकलमा ठक्कर दिँदा मृत्यु भएको खबरले पार्टी स्तब्ध र दुःखी भएको छ । उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछाैँ । उहाँको मृत्युले पार्टीलाई क्षति पुगेको छ । पीडित परिवारलाई दुःख र शोकलाई शक्तिमा बदल्दै विचलित नभई अघि बढ्न अनुरोध छ । सरोकारवाला पक्षले मृतकका पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :