नेपालमा आज १,५६७ जना कोरोना सङ्क्रमित निको भए, १,४९० सङ्क्रमित थपिए

नेपालमा आज १,५६७ जना कोरोना सङ्क्रमित निको भए, १,४९० सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख १८ हजार १६१ पुगेको छ । यो कुल संक्रमितको ९२ दशमलब ३ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा जम्मा १ हजार ४९० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा भक्तपुर ५८, ललितपुर ६१ र काठमाडौँमा ५३१ गरी जम्मा काठमाडौँ उपत्यकामा ७२३ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार ८०० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५३८ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ५४७ रहेको छ । त्यसमा आई.सी.यु.मा ३६५ जना र भेन्टिलेटरमा ६४ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ५ हजार ८०६ जना, होम आइसोलेसनमा १० हजार ७४१ जना र क्वारेन्टाइनमा ६०५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :