प्रतिरोधी जनमानसिकता

यतिबेला मुलुकमा मुख्य दुई पहलुबीच संघर्ष भैरहेको छ । यथास्थितिवादी संसदवाद निर्वाचन मार्फत् आफ्नो व्यवस्था टिकाउने प्रयत्नमा छ, अर्को तर्फ सबै हिसाबले असफल भैसकेको संसदीय व्यवस्था मार्फत् राष्ट्रमा विद्यमान सबै संकटको हल हुन नसक्ने भन्दै निर्वाचन खारेजीको अभियान मार्फत् संघर्ष गरिरहेको एउटा पहलु वैज्ञानिक समाजवाद मात्र निकास हुने बताउँदै आइरहेको छ । संसदीय व्यवस्थाको निम्ति मुख्यतः एमाले, कांग्रेस र माओवादी केन्द्रलगायत दलहरु मरिमेटेर लागेको देखिन्छ र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी त्यसको विपक्षमा देखिएको छ । यही संघर्षको वरिपरि नेपाली समाजमा मुख्य बहसको रुपमा केन्द्रीत हुँदै गएको छ । पछिल्लो समय वामगठबन्धन भनौँ या लोकतान्त्रिक, यसलार्ई संकटग्रस्त संसदीय व्यवस्थाको प्रतिरक्षाको गुणमा आएको ह्रासबाट सांघुरिएर गएको कथित, घेराबन्दी ध्रुवीकरण हो भनेर भन्न सकिने प्रशस्त आधारहरु छन् । स्थानीय निकायको निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल र एमालेप्रति कटाक्ष गरिरहेको माके र उक्त पार्टीका कार्यकर्ता अस्वभाविक तवरले रातारात एमालेसँग सहकार्य गर्दै निर्वाचनपछि पार्टी एकता गर्नेसम्मको तयारी गरिरहेको देखिन्छ । १० वर्षको जनयुद्धको बलिदानीबाट स्थापित पार्टी र नेतृत्वको तीब्र स्खलनबाट आजित बनेका जनताले स्थानीय निकायको निर्वाचनमा दिएको मतपरिणामबाट अत्ताल्लिएको माके अझ बढी लुट्न र लुटाउन स्थायी सरकारको आवश्यकताको महशुस गरेको एमालेको गणितीय आंकलनले यी दुई दललार्ई एकाकार बन्न सतहमा प्रेरित गरेपनि मुख्यतः नेपाली जनतामा देखिएको तीब्र असन्तुष्टिले पैदा गर्दै लगेको विद्रोहको माहोल र नेपाल कम्युनिस्ट पार्टीले संचालनमा ल्याइरहेको आन्दोलनको लोकप्रीयताबाट अत्ताल्लिएका विदेशी शक्तिहरु भारतलगायत देश र देशकै भ्रष्ट, दलालहरुको मुख्य षड्यन्त्रमा नेपाल कम्युनिस्ट पार्टीको आन्दोलनलार्ई भ्रमित पार्ने कसरत नै यसको गुदी हो भन्न सकिन्छ । किनभने, राजनीतिक सिद्धान्त र जनताको भावना बीचमा यतिधेरै बेमेल हँदाहँुदै बिना कुनै बहस र सैद्धान्तिक एकरुपता बिनाको प्रयासलार्ई स्वार्थ केन्द्रीत गठजोड मान्न सकिन्छ । एमाले र माकेका नेताहरु नेपाल कम्युनिस्ट पार्टीले उठाएको वैज्ञानिक समाजवादको नाराको लोकप्रियतालार्ई भ्रमित गर्दै वास्तविक समाजवादको हिमायती आफू भएको र बहुमत आए समाजवाद दिने भन्नसमेत पछि परेका छैनन् । अझ केपी ओली त बामपन्थी, कम्युनिस्ट गठबन्धनले समाजवाद आइहाल्ने बताउँदै समाजलार्ई भ्रमित गर्न व्यस्त छन् । केपी ओलीको समाजवाद के हो र कस्तो हो ? झापामा आएर बी एण्ड सी हस्पिटललार्ई २ महिनापछि आफ्नो सरकार बन्ने भएकोले २ महिनापछि आएर टिचिङ्ग लाईसेन्स लिएर जानसमेत भन्न भ्याए । मेडिकल माफियाको तीब्र लुटको जालोलार्ई बढावा दिने योजनाहरु केपी ओलीको समाजवादमा पर्ने हो ? जग्गा माफियाहरुको माफियाकरणलार्ई प्रोत्साहित गर्ने प्रकारको योजनाहरुलार्ई प्रोत्साहित गर्नु हो ? मान्छे खान पाएको छैन, लाउन पाएको छैन, उपचार र शिक्षा पाएको छैन, जनताहरुको जीवन नारकीय बन्दै गैरहेको छ, यसबाट जनतालार्ई मुक्त गर्ने कुनै स्पस्ट दृष्टिकोण छैन, यही हो ओलीको समाजवाद ? अधिकाँस स्थानीयदेखि प्रदेश र संघका उम्मेद्वार दलाल तस्कर र भ्रष्टहरु नै छन् । तिनीहरु करोडौं खर्च गरेर निर्वाचनमा बिहारी शैलीमा उत्रिएका छन् । तिनीहरुबाट कुनै जनता आशावादी बन्न सकेको देखिंदैन र जनताको निम्ति केही गर्लान् भनेर भन्न सक्ने ठाउँ पनि छैन । ओलीको समाजवाद यस्तै हो ? नेपालका नदीनालाहरु कौडीको भाउमा विदेशीलार्ई बेचिएको छ, सीमा मिचिएका छन्, नागरिकता बेचिएको छ, राष्ट्रको प्राकृतिक स्रोत साधनमा विदेशी नियन्त्रण बनाइएको छ केपीको समाजवाद यही हो ? कि कस्तो समाजवादको कुरा गरेको हो केपी ओलीले ? हो दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद नै हो । यद्यपी यसका निम्ति संसदीय व्यवस्थाको अन्त्य गरिनु पर्दछ । तर उनीहरु नेपाली जनताको मनोविज्ञानलार्ई भ्रमित गर्न, लुट्न माहिर छन् । उहाँहरुको यही देखिन्छ । अर्को तर्फ, अहिले कांग्रेस, राप्रपा र मधेसवादीको लोकतान्त्रिक गठबन्धन भन्ने कुरा आएको छ । शेरबहादुर देउवा लोकतन्त्र कांग्रेसको हो, बाम गठबन्धनले अधिनायकवाद ल्याउँछ भन्दै कराउँदै छन् । उनलार्ई प्रश्न छ कांग्रेसको लोकतन्त्र भनेको भ्रष्टाचार गर्न पाउनु पर्छ, अथवा त्यस अपराध विरुद्ध कारवाही भयो भने मानवअधिकार, लोकतन्त्र हनन् भएको भन्ने हो ? कांग्रेसका वुद्धिजीवि र युवाहरुले यति बुझ्नु पर्यो कांग्रेसले वकालत गर्ने लोकतन्त्र भनेको गुण्डागर्दी गर्न पाउनु पर्ने, भ्रष्टाचार गर्न पाउनु पर्ने, सामाजिक अन्याय–अत्याचार गर्न पाउनु पर्ने, तस्करी गर्न पाउनु पर्ने, यसकै पक्षमा वकालत गर्नु नै कांग्रेसको लोकतन्त्र हो ? अहिलेसम्म नेपालमा भएको लोकतन्त्र र यसको प्रयोग यसरी नै हुँदै आएको हुनाले कांग्रेसले उठाएको लोकतन्त्र भन्ने भ्रमले पनि नेपाली समाजमा यसको जवाफ दिन जरुरी छ । नेपाली समाजलार्ई समाजवादको नाममा या लोकतन्त्रको नाममा दिग्भ्रमित गराउने दुवै गठबन्धनको भ्रम यही कथित निर्वाचनको झण्डावाला जाँड पार्टीसम्म मात्र रहने निश्चित छ । त्यसपछि यी दलहरुको नित्यकर्म निर्वाचन ताका गरिएका खर्च उठाउनको निम्ति भ्रष्टाचार गर्न मै बित्ने छ र नेपाली समाजको बिस्फोटित मनोविज्ञान सँगठित रुपमा विद्रोहमा उत्रने छ ।

अहिले नेपालमा नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवाद स्थापनाको निम्ति उत्घाटित विद्रोह र एकीकृत जनक्रान्तिको दिशामा नेपाली जनताको मनोविज्ञान सोझिएर गएको छ । यो आन्दोलनलार्ई भ्रमित गर्न ओली–दाहाल मण्डलीको अन्तिम दुस्साहस कदापी सफल हुने छैन । राष्ट्र र जनतामा थोपरिएको चरम संकटको हल र राष्ट्रलार्ई स्वाधीन र समृद्ध गर्ने स्पस्ट दृष्टिकोण दिएर नेपाल कम्युनिस्ट पार्टीले बहस अगाडि सा¥यो र कानुनी राज्यको प्रत्याभूत गराउन नसकेको कमजोर राज्य प्रशासनलार्ई व्यवस्थित गर्न–गराउन संघर्षको बलमा कम्युनिस्ट पार्टीले प्रयत्न गर्दै आयो । कैयौं भ्रष्टचारीहरुलार्ई कार्वाही ग¥यो । राष्ट्रघात र जनघातको विरोध ग¥यो । राष्ट्र र जनतालार्ई स्वाधीनताको निम्ति संघर्षमा उत्रन अपिल ग¥यो । नेपाल कम्युनिस्ट पार्टीको यही कदम दलाल संसदीय व्यवस्थाको निम्ति आंतक र जनताको निम्ति भरपर्दिलो आशा बन्यो । यसकै बीचमा राज्य प्रशासनको चरम दुरुपयोग गर्दै दमन चक्र चलाउने दुश्प्रयास सुरु भयो । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुलाई झुट्टा मुद्दा लगाउने, यातना दिने, गिरफ्तार गर्ने कार्यको सुरुवात गरियो । यो किमार्थ न्यायोचित छैन । स्थानीय निकायको निर्वाचन संकटको सामधान होइन भनेर विरोध गर्दा हजारौं जनतालाई गैरन्यायिक ढङ्गबाट हिरासतमा लिइयो । अहिले संघ र प्रदेशको निर्वाचन जनताको बीचमा जबर्जस्ती थोपरेर भ्रमको खेती लगाइएको छ । यसको विकल्पको बहस गर्दा फेरि पनि दमन सुरु गरियो । यसले निश्चय नै भावी दिनमा युद्धको विजारोपण गरेको छ । जनताले कतै उम्मेद्वारको माइक खोसिदिएका छन्, झापा मै पनि धेरै ठाउँमा स्वतःस्फूर्त रुपमा चुनावी कार्यक्रमको विरोध गरेका छन् । सारतः एउटै भाव आएको छ । मताधिकार प्रयोग गर्ने जबर्जस्त स्थिति पैदा गराए पनि थोरै पनि भरोसा नरहेको जनताले बताउने गरेका छन् । जनतालाई बर्षौंदेखि यो व्यवस्थाले निकास दिन सकेन बरु चर्को महंङ्गी, अशान्ती, असुरक्षा र अनिश्चित भविष्य मात्र दियो । जनता आजित छन्, जसकारण प्रतिरोधहरु भएका छन् । बम पड्किएका घटनाहरु पनि छन् । यो जनताको प्रतिरोध हो । राज्य चर्को दमनमा उत्रिएको छ यसले प्रतिरोध बढाउने देखिन्छ । इतिहास साँक्षी छ जनताको बल कहिले पराजित भएको छैन । बरु जनताको सपनालाई पटकपटक पराजित गराइएको छ । जनतालाई सबै प्रकारका षड्यन्त्र अस्विकार्य छ, जनता विद्रोहमा उत्रिसकेका छन् र दमनका विरुद्ध प्रतिरोध आन्दोलन गर्न जनता तयार छन् ।

२०७द्ध मंसिर १८ गते अपरान्ह ३ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!