प्रचण्ड सहभागी कार्यक्रममा बम विष्फोट

हेटौंडा/ई–रातोखबर सम्वाददाता : वामगठबन्धनको तर्फबाट पुष्पकमल दाहाल र कांग्रेस गठबन्धनको तर्फबाट पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ सहभागी चुनावी सभाका लागि जुलुश शुरु हुनासाथ बम विष्फोट भएको छ । लोकतान्त्रिक गठबन्धनको जुलुश १२ः३० बजे मनहरी गापा ७, मनहरी बजारको इप्रका तल रहेको मन्दिरबाट जुलुश शुरु भै वन कार्यालयको प्राङ्गणमा बामगठबन्धनको जुलुश इप्रका तलको मन्दिरको चौरमा प्रचण्ड सहभागी चुनावी सभा हुँदै थियो । मनहरी इप्रकाको ५० मिटर र दुवै जुलुशको बीचमा जुलुश शुरु हुनासाथ शक्तिशाली विष्फोट भएको छ । बम विष्फोटपछि जुलुशका सहभागीहरुमा भागदौड मच्चिएको थियो । घटनास्थल इप्रकादेखि ५० मिटरको दुरीमा छ । घटनामा मानवीय क्षती भएको छैन ।

२०७४ मंसिर १८ गते अपरान्ह २ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :