बम विष्फोटमा गगन थापासहित ११ जना घाइते

काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई लक्षित गरी बम प्रहार भएको छ । चुनाव प्रचारका क्रममा भङ्गल चपली हाइटमा भइरहेको घरदैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार भएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख आयुक्त जयबहादुर चन्दले बताए । बमको छर्रा लागेर नेता थापा घाइते भएका छन् । उनको पिठ्युँमा चोट लागेको छ । उनलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । बम विष्फोटबाट थप १० जना सामान्य घाइते भएका छन् ।

२०७४ मंसिर १८ गते अपरान्ह २ः१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :