सर्लाहीका विभिन्न ठाउँमा विष्फोट

काठमाडौ : सर्लाही, कर्मैयाको पुतलीचोकबाट करिव ५ किलोमिटर दक्षिण गोडारी खोला नजिक बाटो छेउमा सोमबार बिहान ७ बजेतिर शक्तिशाली बम विष्फोट भएको छ । घटनाबाट मानवीय क्षति भने भएको छैन । यसैबीच सदरमुकाम मलंगवास्थित एक स्वतन्त्र उम्मेदवारको घरमा पनि बम विष्फोट भएको छ । क्षेत्र नं २ की स्वतन्त्र उम्मेदवार राधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्वरको गाडीभित्र बम विष्फोट भएको छ । विष्फोटबाट मानवीय क्षति भएको छैन ।

२०७४ मंसिर १८ गते मध्यान्न १२ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :