डोल्पाका गाउँपालिका कार्यालयमा नेकपाको झण्डा

टेक शाही / डोल्पा : डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाको कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो झण्डा र साइनबोर्ड राखेको छ । दलाल पुँजीवादी संसदीय राज्यको विरोध गरेको भन्दै गाउँपालिकाका कार्यालयमा सरकारका झण्डा तथा बोर्ड कुच्चाएर आफ्नो झण्डा राखेका छन् ।

मुड्केचुला र जगदुल्ला गाउँपालिका कार्यालयमा नेकपाको झण्डा र गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय लेखिएका तुल राखिएका छन् ।

स्थानीय सरकारका बोर्डहरु सबै तोडफोड गरि नेकपाको बोर्ड राखेको स्थानीयहरुले जानकारी दिएका छन् ।

नेकपाले गाँउपालिकाको कार्यालयमा झण्डा र बोर्ड राखेको भन्ने जानकारी पाएपछि प्रहरी जाँदा उनीहरुको बोर्ड र भण्डा नभएको प्रहरी नायव उपरीक्षक हरि प्रसाद शर्माले जानकारि दिए । उनका अनुसार गाउँपालिका बोर्ड भने तोडफोड गरिएका र कुच्चाएर फालिएका भए पनि विप्लवको भण्डा र बोर्ड नभएको जानकारी आएको बताए ।

मंसिर १० मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अति संवेदनशिल क्षेत्रमा राखिएका यी २ गाउँपालिकामा निर्वाचनका बेलामा भने कुनै पनि अप्रिय घटना घटेनन् ।

निर्वाचन सकिएको केहि दिनदेखि मु्ड्केचुला र जगदुल्ला गाउँपालिकामा नेकपाले विभिन्न खाले क्रियाकलापहरु बढाउदै गएको छ । साझासवालबाट
मंसिर १८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :